महिला जनप्रतिनिधिलाई नेतृत्व विकास अभिवृद्धि प्रशिक्षण

काठमाडाैं | पुस २०, २०७९

महिला जनप्रतिनिधिलाई नेतृत्व विकास अभिवृद्धि प्रशिक्षण तस्बिर साभार

दैलेख:  स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिलाई नेतृत्व क्षमता विकास अभिवृद्धि प्रशिक्षण दिइएको छ । जिल्लाको डुगेश्वर गाउँपालिका र गुराँस गाउँपालिकाका महिला जनप्रतिनिधिलाई सो प्रशिक्षण प्रदान गरिएको हो । 


टेवा टिमको आर्थिक सहयोगमा शान्तिका लागि साझा अभियान नेपालको सहकार्यमा महिला सशक्तीकरण मञ्च नेपालको आयोजनामा जिल्लाका दुई पालिकाका महिला जनप्रतिनिधिलाई नेतृत्व क्षमता अभिवृद्धि तालीम दिएको छ । 


स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा स्थानीय सरकारका जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार, महिला, दलित महिला सदस्य तथा कार्यपालिका सदस्यको काम, कर्तव्य र अधिकार, नेतृत्व विकास, सङ्घीयता, मानव अधिकार र विभिन्न तहका सरकारका अधिकार र संवैधानिक व्यवस्था, महिला नेतृत्व विकासका आधारभूत सीपहरूलगायत विभिन्न कानुनी व्यवस्था, सूचनासम्बन्धी हक अधिकार विषयमा महिला जनप्रतिनिधिको क्षमता विकास गर्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको महिला सशक्तीकरण मञ्च नेपालले जनाएको छ ।  


महिला सशक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले स्थानीय तहमा निर्वाचित भएका महिलाले आफ्ना अधिकार, काम कर्तव्यका विषयमा जानकारी दिने र उहाँहरूको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । महिला कार्यपालिका र वडा पालिकामा केवल साक्षीको रूपमा मात्र नभएर साँच्चिकै नेतृत्व लिन सक्नेगरी उहाँहरूको क्षमता विकास गर्न लागिएको उहाँले बताउनुभयो । 


जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले संविधानले व्यवस्था गरेबमोजिम महिला निर्वाचित भए पनि आफ्नो नेतृत्व विकास नगरेका कारण पार्टीले समेत प्रमुख पदमा उम्मेदवार नबनाउने समस्या रहेको बताउनुभयो । कतिपय स्थानीय तहमा महिलालाई उम्मेदवार बनाउँदा नसोधेरै वा बस्नै पर्छजस्ता बाध्यकारी नियम लगाएका कारण महिला निर्वाचनमा लडेको स्मरण गर्दै आगामी दिनमा महिला नेतृत्वका लागि आफै अगाडि बढ्नु पर्ने बताउनुभयो । 


जिल्लाका ११ पालिकामा निर्वाचित महिला जनप्रतिनिधिको क्षमता विकासका लागि स्थानीय सरकारले समेत चासो दिनुपर्ने बताउनुभयो । गैरसरकारी संस्था महासङ्घ दैलेखका अध्यक्ष महारूप खत्रीले निर्वाचित महिला जनप्रतिनिधिले जनताको सेवामा तल्लिन हुनुपर्ने बताउनुभयो । 


गुराँस गाउँपालिकाका अध्यक्ष शिवाकुमारी खड्काले स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको क्षमता विकाससँगै उहाँहरुलाई आफ्नो काम, कर्तव्य र अधिकारका विषयमा जानकारी प्राप्त गर्नु राम्रो भएको बताउनुभयो । तालिमको सहजीकरण अधिबक्ता बालमुकुन्द घिमिरे र बिन्द्रा महर्जनले गर्नुभएको थियो ।  

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्